भारतीय प्रधानमन्त्री मोदीनिकट हिन्दू चेतना कोर टिमको घोषणा– नेपाल हिन्दू राष्ट्र बनाउन मद्दत गर्नेछौं


काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीनिकट रहेका त्यहाँका पूर्व सैन्य अधिकारी सम्मिलित हिन्दू चेतना कोर टिमले नेपालमा हिन्दू राष्ट्रका लागि भएको अभियानलाई सहयोग गर्ने घोषणा गरेको छ।

उक्त टिमको अभियानबारे जानकारी दिँदै मोदी निकट भारतीय सेनाका पूर्व मेजर जनरल जीडी बक्सीले भनेका छन्,‘हामी नेपाललाई हिन्दू राष्ट्र बनाउनका लागि सहयोग गर्नेछौं।’

जनरल बक्सी त्यहाँको थिंक ट्यांकका सदस्य पनि हुन्। जसको धारणाका आधारमा नै प्रधानमन्त्री मोदीले आन्तरिक र बाह्य नीति निर्माण गर्दैै आएका छन्।

भारतीय नेताजी सुभाषचन्द्र बोसको १२५ औं बार्षिकीमा आन्तरिक सभ्यता र बाह्य चुनौतिका लागि काम गरिरहेको उल्लेख गरेका बक्सी भन्छन्,‘हामी नेपाललाई हिन्दू राष्ट्र बनाउन पनि मद्दत गर्नेछौं।’

यसअघि बक्सीले नेपालमा राजसंस्था र हिन्दू राष्ट्र हटाउनका लागि तत्कालिन माओवादीको प्रयोग गरी भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धी सक्रिय रहेको उल्लेख गरेका थिए। नेपालका पशुपतिनाथ मन्दिरमा तत्कालिन राजा वीरेन्द्रका पालामा प्रवेश गर्न नपाएपछि नेपाललाई धर्मनिरपेक्ष बनाउन सोनियाँ प्रशासन सक्रिय भएको उनले जनाएका थिए।

प्रतिक्रिया