प्रदेश १ मुख्यमन्त्री शेरधन राईको बिहे ११ माघमा, युवतीको परिचय खुल्यो


काठमाडौं– करिब एक बर्ष लामो प्रेमपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आउने ११ माघमा वैवाहिक जीवनमा प्रवेश गर्ने निधो गरेका छन्।

७ माघका लागि प्रदेश सभा डाकेका उनको पद रहने नरहने भन्ने टुंगो नभए पनि बिहेको टुंगो लागेको छ। मुख्यमन्त्री राईले बिहे गर्न लागेको सचिवालयले जनाएको छ।

स्रोतका अनुसार मुख्यमन्त्री राई सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग बिहे गर्दैछन्। ज्याङ्मु र मुख्यमन्त्री राई एक बर्षदेखि प्रेममा थिए।

मुख्यमन्त्री राईको पर्खौली घर भोजपुर हो भने जाङ्मु संखुवासभाकी हुन् । उनी हाल काठमाडौंमा बस्दै आएकी छन्। उनका बाबु–आमा भने अमेरिकामा छन्। ‘मिस मंगोल नेपाल–२०१८’ उपाधि जितेसँगै ज्याङ्मु चर्चामा आएकी थिइन्।

प्रतिक्रिया