कोरोना संक्रमण : देशभर थप १ सय ३५ जना संक्रमित, १ जनाको मृत्यु


काठमाडौं – पछिल्लो २४ घण्टामा थप एक सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४१ परीक्षण गर्दा एक सय ३५ जनामा संक्रमण भएको हो ।

जसमध्ये एक हजार चार सय ७३ जनाको पीसीआर परीक्षण गर्दा एक सय १४ जना र एक हजार ५६८ जनाको एन्टिजेन परीक्षण गर्दा २१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ४३९ पुगेको छ । यसबीच ५९ जना संक्रमणमुक्त भएका छन् ।

आज (आइबार) थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २२ हजार ३३६ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९५३ पुगेको छ भने ९ लाख ६८ हजार १६ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया