भारत भ्रमणमा रहेका प्रचण्डको यस्तो छ आजको कार्यसूची


काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा छन्। उनी आज(शनिबार) विभिन्‍न व्यक्तिलाई भेट्दैछन्। आज प्रचण्डले भारतका विदेशमन्त्री एस जयशंकरसँग भेट्दैछन्। विदेश सचिव विनयमोहन क्वात्राले पनि शनिबारै प्रचण्डसँग भेट गर्नेछन्।

आजै प्रचण्डले फाउन्डेसन फर पब्लिक अवारनेस एन्ड पोलिसी नामक संस्थाले आयोजना गर्ने नेपाल-भारत सम्बन्ध विषयक कार्यक्रममा सम्बोधन गर्दैछन्। प्रचण्ड मुख्य वक्ता रहने उक्त कार्यक्रममा नेपालका लागि भारतीय पूर्व राजदूत, भाजपाका नेताहरु, विदेश मन्त्रालयका कर्मचारी र अन्तर्राष्ट्रिय मामिला विज्ञ सहभागी हुने जनाइएको छ।
यस्तै, आज साँझ उनी भारतीय विदेशमन्त्री जयशंकरले आयोजना गर्ने रात्रिभोजमा सरिक हुनेछन्।

प्रतिक्रिया