आज नामिबियासँग हारको बदला लिने दाउमा नेपाल


काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक श्रृंखलाका लागि नेपालले शनिबार तेस्रो खेल खेल्दैछ। स्कटल्याण्डमा रहेको नेपालले सिरिजको तेस्रो खेलमा नामिबियाको सामना गर्न लागेको हो। यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार सवा ३ बजे सुरु हुनेछ।

नामिबियाविरुद्ध नेपाल पहिलो भेटमा व्यहोरेको हारको बदला लिने दाउमा रहनेछ। नामिबिया नेपाललाई लगातार दोस्रोपटक हराउन चाहन्छ।

श्रृंखलाको पहिलो खेलमा नामिबियासँग पराजित नेपालले दोस्रो खेलमा स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो। नामिबिया भने स्कटल्याण्डविरुद्ध दुई खेलमा पराजित भएको छ ।

नेपाल लिग टू को अंक तालिकाको पाँचौँ स्थानमा छ।  नेपालले १८ खेलमा १७ अंक जोडेको छ। ​नामिबिया १७ खेलमा १६ अंक जोडेर छैटौँ स्थानमा छ।

अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध आइतबार खेल्नेछ ।

प्रतिक्रिया