कक्षा १२ को नतिजा भदौमा


काठमाडौँ-  कक्षा १२ को नतिजा भदौसम्म सार्वजनिक गर्ने  राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ। हाल कक्षा १२ को उत्तरपुस्तिका धमाधम जाँच भइरहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए।

उनले परीक्षा भएको तीन महिनाभित्र निकाल्नुपर्ने भएकाले नियमानुसार नै नतिजा सार्वजनिक गर्ने बताए। उनले भने, ‘म आएदेखि समयभित्रै नतिजा सार्वजनिक गर्दै आएको छु। यो वर्ष पनि हुन्छ। त्यसरी हेर्दा भदौ कट्दैन।’ परीक्षा सकिएलगत्तै उत्तरपुस्तिका परीक्षण केन्द्रमा जम्मा गरेर परीक्षण थालिएको उनको भनाइ छ।

कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको थियो। परीक्षामा ४ लाख बढी परीक्षार्थी सहभागी भएको बोर्डले जनाएको छ।

प्रतिक्रिया