शान्तिमाला पदकद्वारा ३ जना प्रहरी अधिकृत विभुषित
काठमाडाैं – बागमती प्रदेश सरकारले शान्तिमाला पदकद्वारा ३ जना प्रहरी अधिकृत विभुषित गरेकाे छ । बागमती प्रदेश सरकारद्वारा १५ औँ गणतन्त्र दिवस २०७९ को अवसरमा विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याएका व्यक्तिहरुलाई पदकद्वारा सम्मान गरेकाे हाे ।
शान्ति तथा अमन चयन कायम गर्न उल्लेखनिय योगदान पुर्याएवापत जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारी, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक मुनेन्द्र थापा र बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक रोशन थापा शान्तिमाला पदकद्वारा विभुषित भएका हुन् ।