८७ वर्षीया वृद्धाको बलात्कार गर्ने पक्राउ


बझाङ – बझाङको बित्थडचिर गाउँपालिका वडा नम्बर ५ ओसैलमा ८७ बर्षिय बृद्धालाई बलात्कार गर्ने २५ बर्षिय युवक तारा कामी पक्राउ परेका छन्।

गत पौष २७ गते करिब १० बजे तिर ८७ बर्षिय झक्कु कामीलाई बलात्कार तथा जवरजस्ती करणी गरेर भागेका युवकलाई बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङ डिएसपी रुपक खड््काले बताए।

कामको शिलशिलामा छोरा नातिहरु बाहिर गएको बेला र घरमा कोही नभएको बेला घरभित्र पसि बलात्कार गरेको प्रहरीले बताएको छ। पीडित ८७ बर्षिय बृद्धाको नाक र गलामा चोट लागे पछि देउलेख प्राथमिक स्वास्थ्य चौकीमा उपचार भइ रहेको पिडित पक्षका आफन्तले बताए।

प्रतिक्रिया