

कानून प्रतिकुल हुने गरी समाचार सम्प्रेषण नगर्न सर्वोच्चको चेतावनी

काठमाडौं-सर्बोच्च अदालतले प्रधानमन्त्रीले संवैधानिक इजलासका न्यायाधीशहरुलाई भेटेको भनी चलाइएको हल्ला मिथ्यापूर्ण, भ्रामक र कपोलकल्पित भन्दै खेद व्यक्त गरेको छ।
सर्बोच्च अदालतका सह प्रवक्ता देवेन्द्र ढकालले शुक्रवार साँझ विज्ञप्ति जारी गर्दै यस्ता कार्यहरु पत्रकार आचारसंहिता र कानून प्रतिकुल हुने भन्दै कानुनी दायरमा आउन सक्ने तर्फ सचेत हुन ध्यानाकर्षण समेत गराएको छ।
विज्ञप्तिमा भनिएको छ–न्यापालिकको स्वच्छता र अदालतको जनआस्थामा प्रतिकुसल प्रभाव पार्ने मिथ्यापूर्ण, भ्रामक, अतिरञ्जित, असत्य र कपोलकल्पित समाचार सम्प्रेषण हुनु दुःखद र खेदजनक विषय हो।


