बझाङमा बजार अनुगमन, २४ हजार रुपैँया बढीकाे म्याद नाघेको सामान बरामद


बझाङ – बझाङकाे केदारस्युँ गाउँपालिका-९ पौडी बजार देखि देउरा बजार सम्मका बजार अनुगमन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालयको संयुक्त बजार अनुगमन टोलीले उक्त बजारहरू अनुगमन गरेको हो ।

बजारमा दैनिक उपभोग्य सामान खाद्यान्न लगायत पेय पदार्थहरू म्याद नाघेको हुने र त्यसले उपभोक्तहररूको स्वास्थ्यमा असर पार्ने भन्दै घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख खडक बहादुर बोहराको नेतृत्वमा आएको टोलीले आज बिहान देखि पौडी बजार हुँदै सडक छेउमा रहेका देउरा बजार सम्मका बजारहरू अनुगमन गरि म्याद नाघेका सामानहरू बरामद गरेको छ ।

अनुगमनका क्रममा खाद्यान्न सुर्ती अबैध मदिरा, म्याद नाघेको बियर , नमकिन, बिस्कुट, सुजि , दालमोट , चक्लेट पाप्पड , पेसवास ,लगायतका बजारमा भेटिएको म्याद गुज्रिएका सामानहरू बरामद गरि नष्ट गरिएको घरेलु कार्यालयका कम्प्युटर अपरेटर महेश बिष्टले बताउनुभएको छ ।

पौडीबजारदेखि देउरासम्म करिब २४ हजार २ सय ५० रुपैया बराबरको म्याद नाघेको सरसामान भेटिएको घरेलु कार्यालय प्रमुख बोहराले बताए । विगतमा गरेको अनुगमन भन्दा अहिले गरिएको अनुगमनका क्रममा धेरै सुधार भएको र उपभोक्तहरू पनि दैनिक उपभोग्य बस्तुहरूको उपभोग गर्दा मिती खरिद गर्ने गरेको पाइएको जिल्ला प्रशासन प्रतिनिधि बलबहादुर महताराले बताए । बजार अनुगमन कार्यक्रममा घरेलु कार्यालयका प्रतिनिधि सुरक्षाकर्मी पत्रकारको सहयोगीता रहेको थियो ।

प्रतिक्रिया