

बझाङमा अटो दुर्घटना, चालक गम्भीर घाइते

बझाङ – बझाङको पौडी बजार नजिकै अटो दुर्घटना भएको छ । बझाङको केदारस्युँ गाउँपालिका -९ जयपृथ्वी राजमार्ग अन्तर्गत देउरा बजारबाट झोता तर्फ आइरहेको सु. प. प्र ०१००१ ह ४२८१ नम्बरको अटो पौडी बजार नजिकै चमनचौरमा दुर्घटना भएको हो ।
दुर्घटनामा केदारस्युँ गाउँपालिका-१ बस्ने अटाे चालक ३२ बर्षिय दिल बहादुर बाेहरा गम्भीर घाइते भएका छन् । अटाेमा सवार केदारस्युँ गाउपालिका वडा न ९ बस्ने ५१ बर्षिय डम्बर खातीलाई भने चाेट पटक नलागेकाे अस्थायी प्रहरी पोष्ट झोताका प्रहरी बरिष्ठ हवल्दार कमान बहादुर कार्कीले बताए ।
उनका अनुसार गम्भीर घाइते भएका अटाे चालक बाेहरालाई उपचारकाे लगि केदारस्यूँ गाउँपालिका-१ देउरा लगिए पनि थप उपचारकाे लागि डडेल्धुरा रिफर गरिकाे छ । अटो सडकबाट करिब १० मिटर तल खसेको र दुर्घटनाको कारण भने खुलेको छैन

