पर्सामा लागूऔषधसहित एक भारतीय पक्राउ


पर्सा – पर्सा जिल्लाको विरगंज महानगरपालिका १६ ईनरुवाबाट सशस्त्र प्रहरीले नाईट्रोभेट ट्याब्लेट ९ सय वटा र कोरेक्स दुई बोतलसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको विहार जिल्ला पूर्वी चम्पारण मौजी ग्राम पन्चायत घर बताउने जानु गुप्ता छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी विरगंजबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उल्लेखित लागूऔषध फेला परेको हो ।

पक्राउ परेका निज गुप्तालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया