

उपेन्द्र यादव अल्पमतमा !

पर्सा – सत्तारुढ दल जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षको राष्ट्रिय कार्यकारिणी समितिको बैठक सुरु भएको छ । अध्यक्ष यादवले वीरगञ्जमा कार्यकारिणी समिति बैठक आयोजना गरेका हुन् ।
पार्टीका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई पक्षको काठमाडौंमा पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक जारी छ । आजै यादवले वीरगञ्जको पुजन होटलमा कार्यकारिणी समिति बैठक आयोजना गरेका हुन् ।
एक नेताका अनुसार बैठकमा समिति ३५ जना कार्यकारिणी सदस्यीयमध्ये अध्यक्ष उपेन्द्र यादवसहित अशोक राई, राजेन्द्र श्रेष्ठ, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, सुशीला श्रेष्ठ, रामसहाय यादव र मनिष सुमन सहभागी छन् ।
त्यस्तैगरी परशुराम बस्नेत, विजय यादव, मृगेन्द्र सिंह यादव, रकम चेमजोङ, रनध्वज कन्दङ्वा, युवराज कार्की, गजेन्द्र यादव, प्रकाश अधिकारी र शिवलाल थापा पनि सहभागी छन् । यो संगै उपेन्द्र यादव अल्पमतमा परेको छ ।

