किन सर्यो आज पनि आईजी बढुवाविरुद्धको मुद्दाको सुुनुवाई ?


काठमाडौं – सरकारी कानुन व्यवसायी नै अनुपस्थित भएपछि नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजी) धिरजप्रताप सिंहको बढुवाविरुद्धको मुद्दाको पेसीमा सुनुवाई आज हुन सकेन ।

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले गत वैशाख १९ गते प्रहरी महानिरीक्षक बढुवामा असन्तुष्ट रहँदै सिंहको बढुवाविरुद्ध मुद्दा दायर गरेका थिए । त्यस मुद्दामा गत हिजो (आइतबार) सुनुवाई हुने गरी सर्वोच्चको यसअघिको पेसीमा तोकिए पनि सार्वजनिक बिदा परेका कारण आइतबार सुनुवाई भएन । त्यसपछि आज सुनुवाईका लागि पहिलो नम्बरमै राखिएको उक्त मुद्दामा सरकारी कानुन व्यवसायी र प्रत्यासी बेञ्चमा उपस्थित नभएपनि सुनुवाई हुन नसकेको सर्वोच्च स्रोतले जनाएको छ ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ चलिरहेको उक्त मुद्दामा यसअघि पनि ५ पटकसम्म सुनुवाई भइसकेको छ भने मुद्दा दायर गरेसँगै एआईजी पोखरेल कार्यालयमा हाजिर भएका छैनन् । गत वैशाख १९ गते आफूभन्दा १७ महिने जुनियर अधिकृतलाई आईजी बनाएको भन्दै बिदामा मुद्दा दायर गरेका पोखरेलले पहिलो चरणमा १ महिने बिदा स्वीकृत गराएका थिए । तर, त्यो एक महिनासकिएपछि पनि पोखरेल अहिलेसम्म कार्यालयमा जानकारी नै नगराई कार्यालय उपस्थित भएका छैनन् ।

एआईजी बढुवा सिफारिसविरुद्ध परेको रिटमा पोखरेलको रिटलाई लगाउ राखेपछि जेठ ३० गतेबाट अन्तिम सुनुवाइ सुरू भएको थियो । त्यसपछि भएको अहिलेसम्म भएको सुनुवाई हेर्दाहेर्दैमा गइरहेको छ ।

प्रतिक्रिया