

नेपाल प्रहरीका ३२ एसपीको एसएसपी बढुवामा सिफारिस (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीका ३२ जना एसपीको एसएसपी बढुवामा सिफारिस गरिएको छ ।
आज बसेको बढुवा समितीको बैठकले प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) बमोजिम उनीहरूको बढुवा गरिएको हो ।
बढुवा सिफारिस सूची अनुसार पहिलो नम्वरमा गणेश चन्द रहेका छन् ।
त्यसैगरी क्रमशः सिद्धिविक्रम शाह, सुशील सिंह राठौर, उमा प्रसाद चतुरवेदी, दानबहादुर कार्की, डा. मनोजकुमार केसी, राजन अधिकारी, जीवन कुमार श्रेष्ठ (क), हिमालय कुमार श्रेष्ठ, डम्मर बहादुर विक, ओमबहादुर रानालगायत रहेका छन् ।

