

राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई जनालाई सात वर्ष कैद

काठमाडौं – कर्णालीका जंगलमा फिरन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटे समुदायका युवतीलाई होटलमा पुर्याएर यौन दुर्व्यवहार गर्ने दुई जनालाई सात(सात वर्ष कैद सजायको फैसला भएको छ । त्यसैगरी होटल सञ्चालकलाई साढे तीन वर्ष कैद सजाय फैसला भएको छ । बिहीबार जिल्ला अदालत सुर्खेतका न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले उक्त फैसला सुनाएको हो ।
अदालतले गुर्भाकोट नगरपालिका स्थायी घर भएका चौमनबहादुर घर्ती, भूपेन्द्र बुढालाई यौन दुव्र्यवहारमा दोषी ठहर गरेको हो । उनीहरुलाई मुलुकी फौजदारी अपराध संहिता २०७४ अनुसार दोषी ठहर गर्दै ७/७ वर्ष कैद २र२ लाख जरिवाना भराउने फैसला गरको हो ।
यसअघि जिल्ला अदालतले तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । होटल सञ्चालक मनबहादुर पुनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो । अदालतले यौन दुव्र्यवहार भएको होटलका सञ्चालक पुनलाई ३ वर्ष ६ महिना कैद र एक लाख रुपैयाँ जरिवाना तोकेको छ।
राउटे समुदायका १९ र २३ वर्षकी युवतीलाई २०७८ जेठ २१ गते होटलमा लगेर मदिरा सेवन गराएर यौन दुव्र्यवहार गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरी अनुसन्धान गरेर मुद्दा दायर गरेको थियो ।

