

प्रहरीको केन्द्रीय प्रवक्तामा डिआईजी राई

काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डिआईजी) टेकप्रसाद राईले पाएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार राईलाई नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता तथा सूचना अधिकारीका रुपमा डिआईजी राईलाई जिम्मेवारी दिइएको हो ।
यसअघिका केन्द्रीय प्रवक्ता एसएसपी विष्णु केसीको सरूवा भएपछि राईलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

