आइतबार फुली लगाएका १७ डीआईजीको पदस्थापन, पहिलो नम्बरका कुँवर कार्य विभागमा अरू को कहाँ?


काठमाडौं- गृह मन्त्रालयले आइतबार मात्र दर्ज्यान्ही चिन्ह लगाएका १७ नायब महानिरिक्षक-डीआईजीहरुको पदस्थापन गरेको छ। पहिलो नम्बरका बसन्त कुँवरलाई कार्य विभाग र दोस्रो नम्बरका टेकप्रसाद राईलाई आईजिपी सचिवालयमा पदस्थापन गरिएको छ।

तेस्रो नम्बरमा अशोक सिंहले विषेश ब्युरोको जिम्मा पाएका छन्। चौथो नम्बरका दीपक थापा प्रशासन विभाग र पाचौँ नम्बरका श्यामलाल ज्ञवालीले साइबर ब्युरोमा जिम्मेवारी पाएका छन्।

प्रदेश-१ मा सुदिप गिरी, बागमती प्रदेशमा किरण बज्राचार्य, गण्डकी प्रदेशमा रामदत्त जोशी र कर्णाली प्रदेशमा पोषराज पोखरेल पुगेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीको जिम्मा दुर्गा सिंहलाई दिइएको छ।

टेकबहादुर तामाङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन गरिएको छ।

प्रतिक्रिया