लागूऔषधसहित नागढुंगाबाट सिन्धुपाल्चोकका गहतराज पक्राउ


काठमाडौं – राजधानीको प्रमुख नाका नागढुंगाबाट लागूऔषधसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका २३ वर्षीय उमेश गहतराज रहेका छन् ।

चन्द्रागिरि नगरपालिका–२ नागढुंगास्थित चेक प्वाइन्टमा सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना ७ ख २७९० नम्बरको बस चेकजाँच गर्नेक्रममा बिहीबार उनी पक्राउ परेका हुन् ।

उनको साथबाट लागूऔषध ६४ एम्पुल डाइजेपाम, ६७ एम्पुल फेनारगन, ६४ एम्पुल नुरफिन र ४० ट्याब्लेट नाइट्राजेपाम बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी प्रमेश विष्टले जानकारी दिए ।

पक्राउ परेका गहतराजमाथि लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया