पर्खाल भत्किएर च्यापिँदा १ को मृत्यु


डोल्पा – डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका वडा नं. ३ मा पर्खाल भत्केर एक मजदुरको मृत्यु भएको छ ।

स्थानीय टसी तुण्डुप गुरूङको घरको कोठाको पर्खाल वर्षाका कारण भत्किँदा घरमा मजदुरी गर्ने जाजरकोट नलगाड नगरपालिका-७ घर भएका ३१ वर्षीय भरत बिकको आइतबार बिहान घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

पर्खाल भत्किएर भरतको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी साल्दाङको टोली घटनास्थल पुगेको थियो घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया