

कीर्तिपुरमा १३ वर्षीया किशोरी बलात्कृत

काठमाडौं – काठमाडौंमा १३ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।
ती किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले कीर्तिपुर नगरपालिका–५ पांगालाछी बस्ने मकवानपुर कैलाश गाउँपालिका–१० घर भएका २० वर्षीय साजन प्रजालाई पक्राउ गरेको छ ।
उनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
ती किशोरीलाई ललाई फकाई आफ्नै कोठामा लगी प्रजाले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

