


१० वर्षीया बालिका बलात्कृत, ५० वर्षीय पुरुष पक्राउ

पर्सा – १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पटेर्वासुगौली गाउँपालिका-१ गदियानी टोल बस्ने ५० वर्षीय जाजुल राउत गद्दिलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
ती बालिकालाई गद्दिले जबरजस्ती करणी गरेको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली र प्रहरी चौकी रंगपुरटाँडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

