…र यो पनि ‘विवाहेत्तर सम्बन्ध परिणाम’को दुखान्त!


काठमाडौं– नेपालमा विवाहेत्तर सम्बन्धका कारण दुखद कथाको थाक लाग्न थालेको छ। हालै टोखाको ग्रान्ड भिल्ला हाउजिङमा एक दम्पत्तीको मृत्युको कारण पनि यहि प्रकृतिमा अगाडि देखा परेको अनुसन्धानहरूले खुलाउन थालेको छ। 

उमेश केसी र सुदिक्षा गिरी प्रेमविवाह गरेका जोडी जो मृत फेला परेका थिए, पोस्ट मार्टम रिपोर्टपछि यो कोणमा घटना अनुसन्धानतर्फ मोडियो। र, आशंकाका अनेक प्रमाणहरू घटनाक्रमले पनि पुष्टि गरेको अनुसन्धान अधिकारीहरुको दाबी छ।

उमेशको मृत्यु भएको करिब १० घन्टापछि सुदीक्षाको मृत्यु भएको पोष्टमार्टम रिपोर्टमा देखियो। त्यसपछि यो दम्पत्तीको सम्बन्ध र पारिवारिक अवस्थाबारे खोजीनीति भएको थियो।

सुदीक्षाले नै उमेशको हत्या गरेर आत्महत्या गरेको प्रारम्भिक प्रहरी निष्कर्ष रहेको बताइन्छ। सिलौटाले टाउकोमा हानेर उमेशको मृत्यु भएको थियो। उनको शव ओछ्यानमा भेटिएको थियो। सुदीक्षा भ¥याङको रेलिङमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरी रिपोर्ट छ।

उमेश र सुदीक्षाले सन् २०१४ मा प्रेम विवाह गरेका थिए । उमेशको परिवारले असहमति जनाएकाले उनीहरुले परिवार बिना नै बिहे गरेका थिए । कारण उमेश अमेरिका बसे पनि सुदीक्षा नेपालमै बस्दै आएकी थिइन् । उमेश सामाजिक सञ्जाल सगुनका लगानीकर्ता समेत रहेको खुलेको छ।

नयाँ तथ्यचाहिँ पोष्टमार्टम र विभिन्न बयानबाट खुलेको बताइन्छ। उमेशका तर्फबाट सन्तान नहुने भएकाले उनी उपचारको दौरानमा थिए। तर सुदिक्षा दुई महिनाकी गर्भवती रहेको पोष्टमार्टमा खुलेको बताइन्छ। तैपनि यो विषयलाई स्वतन्त्र हिसाबले पुष्टि गर्नेगरी व्याख्या गरिएको छैन। ‘यी गम्भिर विषय भएकाले अनुसन्धानका पाटामा हामीले राखेका छौं, दुवैको मृत्यु भएका कारण यसलाई गौण राखी हत्याको प्रकृतिमा नै केन्द्रित भयौं’, प्रहरी स्रोतले भन्यो।

उमेश अमेरिकामा लामो समय बसेको र सुदिक्षा नेपालमा रहेका कारण विवाहेत्तर सम्बन्धको परिणाममा यो दुखान्त भएको प्रहरीको निष्कर्ष बन्न सक्ने बताइएको छ।

प्रतिक्रिया