

लमजुङमा गोठमा आगलागी हुँदा १२ पशुचौपाय मरे

लमजुङ – लमजुङमा गोठमा आगलागी हुँदा १२ वटा पशु चौपाय निकासिएर मरेका छन् ।
सोमबार बिहान बेँसीशहर नगरपालिका वाड ३ दनाई गाउँस्थित शिवलाल श्रेष्ठको धन्सार गोठमा अचानक आगोलागी हुँदा १२ वटा चौपाय मरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए ।
उनका अनुसार गोठको भित्रपट्टि खोरमा रहेका ६ वटा बाख्रा, २ वटा बोका, ३ वटा खसी र १ वटा माउँ बाख्रा आगोलागी हुँदा निसास्सिएर मरेका हुन ।
त्यस्तै, एउटा भैँसी घाईते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली र स्थानीयहरुले आगो नियन्त्रणमा लिएका थिए । आगलागीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

