

उदयपुरमा १४ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – उदयपुरमा १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कटारी नगरपालिका–६ जलजले बस्ने २० वर्षीय राजकुमार रम्तेल छन् ।
ती किशोरीलाई गत जेठ २७ गते राति रम्तेल र सोही ठाउँ बस्ने २२ वर्षीय देवराज खत्रीले बलात्कार गरेको उजुरीपछि इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
फरार देवराजको प्रहरीले खोजी गरिरहेको छ ।

