

एमाले नेता कार्कीको घरमा शंकास्पद वस्तु फेला

काठमाडौँ- झापाको गौरादहमा शंकास्पद वस्तु फेला परेको छ। नेकपा एमालेका नेता हिक्मत कार्कीको घर अगाडि सडक किनारमा प्रेसर कुकुर बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको हो।
कार्कीले आज बिहान ५ः३० बजे शंकास्पद वस्तु भेटिएको सामाजिक सन्जालमार्फत् जानकारी दिएका छन्। उनले नेपाली सेनाबाट त्यसलाई निष्कृय पार्ने तयारी भइरहेको पनि बताएका छन्।
उनले फेसबुकमा शंकास्पद वस्तुको तस्बिर राख्दै लेखेका छन्, ‘किन, कसले हो? छिट्टै अनुसन्धान हुनेछ। अहिले जिल्ला प्रशासन झापाको नेतृत्वमा नेपाली सेनाद्वारा निष्क्रिय पार्ने तयारी हुँदैछ।’

