

यौन दुर्व्यवहार प्रकरण : सेन्ट लरेन्सका २ शिक्षकलाई थुनामा पठाउन आदेश

काठमाडाैं – जिल्ला अदालत काठमाडाैंले चाबहिलमा रहेकाे सेन्ट लरेन्स कलेजमा विद्यार्थीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपमा दुई शिक्षकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
न्यायाधीश केदारनाथ पौडेलको एकल इजलासले कलेजका शिक्षकद्वय जनार्दन अधिकारी र राजनकुमार पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको अदालतका श्रेस्तेदार ज्ञानेन्द्र इटनीले जानकारी दिए ।
कलेजका विद्यार्थीलाई बाल यौन दुरुपयोग गरेको अभियोगमा उनीहरूलाई थुनामा राखी अनुसन्धान गर्न लागिएको हो ।

