
प्रियंका रानी जोशी बनिन् मिस नेपाल २०२२
काठमाडौं – प्रियन्का रानी जोशीले मिस नेपाल २०२२ को उपाधि जितेकी छन् । शनिबार सम्पन्न मिस नेपाल प्रतियोगितामा उनले मिस नेपालको ताज पहिरिएकी हुन् ।
मिस नेपाल २०२२ कि विजेता जोशी ६ वर्ष अघि ऐन भो मोडलिङ प्रतिष्पर्धाको फष्ट रनर अप जितेकी थिइन् । हाल उनी २४ वर्षकी भइन् ।मोडलिङ उनको उद्देश्य थिएन ।
सन् २०१७ मा मोडलिङ प्रतिष्पर्धामा उपविजेता हुँदा मोडलिङमा करिअर बनाउँछु भनी नसोचेको बताएकी थिइन् । यसलाई मात्र आफ्नो रहर मात्र बनाएको बताएकी थिइन् । तर, समयले उनलाई मिस नेपाल बनाइदियो ।
प्रियंका अध्ययनमा बढी ध्यान दिन्थिन् । उनलाई बाल्यकालमा समाचारवाचिका बन्ने रहर थियो । त्यही उद्देश्यका साथ मिडिया अध्ययन गरिन् । प्रियंकाले विद्यालयको शिक्षा दार्जिलिङमा पूरा गरेकी थिइन् ।



कागजपत्र |
