जिसस पाल्पामा एमालेकाे प्यानल नै विजयी


बुटवल – जिल्ला समन्वय समिति (जिसस) पाल्पामा नेकपा एमालेको प्यानल विजयी भएको छ। समन्वय समितिको प्रमुखमा एमालेका टंक खनाल विजयी भएका हुन् ।

उनले गठबन्धनका उम्मेदवार यमलाल तिमिल्सिनालाई पराजित गरेका थिए । उनी पाल्पाको रामपुर नगरपालिकाका जनप्रतिनिधि थिए ।

उपप्रमुखमा तानसेनकी काशिका गैरे र सदस्यहरूमा वसन्ता ज्ञवाली, केशमाया सुनार, बिष्णु घिमिरे, केशवराज खनाल, भवीसार सारु, रितमान श्रेष्ठ र प्रतापसिंह थापा विजयी भएका हुन् ।

प्रतिक्रिया