उपत्यकाबाट ५० किलो बढी हेरोइन बरामद !


काठमाडौं – उपत्यकाबाट ५० केजी हेरोइन बरामद भएको छ ।

नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले गरेको एक विशेष अपरेशनपछि अहिलेसम्मकै ठूलो परिमाणमा हेरोइन बरामद गरिएको ब्यूरोले जनाएको छ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरिएको सर्च अपरेसनबाट हेरोइन बरामद गरिएको हो ।

यसबारे विस्तृत विवरण आज दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने ब्यूरोको तयारी छ ।

प्रतिक्रिया