सामान्य विवादमा गर्भवतीमाथि निर्घात कुटपिट गरेपछि…


रौतहट – सामान्य ढलको पानीको विवादलाई लिएर कुटपिट गर्दा रौतहटको यमुनामाई गाउँपालिका- ४, सरूअठाकी रहाना खातुनको गर्भपतन भएको छ । उनी ४ महिनाकी गर्भवती थिइन् ।

ढलको पानी आफ्नो आँगनमा आएको भन्दै २५ वर्षीया रहाना खातुनलाई दर्जनभन्दा बढी स्थानीय महिला मिलेर आइतबार कुटपिट गरेका थिए। हाल उनी जिल्ला अस्पताल गौरमा उपचाररत छिन् । सिकिस्त घाइते भएकी उनको अझै होस नआएको बताइएको छ ।

पीडित पक्षले घटनाका सम्बन्धमा प्रहरीसमक्ष जाहेरी दिएका छन् । तर, उक्त जाहेरी अझैसम्म पनि दर्ता नभएको जनाइएकाे छ ।

प्रतिक्रिया