मन्त्री आलेद्वारा ‘निजगढ विमानस्थल बन्छ’ भन्दै नउफ्रन मन्त्रीद्वयलाई चेतावनी


काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सर्वोच्च अदालतले रोक लगाइसक्दा पनि कतिपय मन्त्रीहरुले सो विमानस्थल बन्छ भन्दै सार्वजनिक अभिव्यक्ति दिएकोमा आपत्ति प्रकट गरेका छन् ।

मन्त्री आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्छ भनेर नउफ्रिन मन्त्रीहरूलाई चेतावनी समेत दिएका हुन् । आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरको नयाँ आन्तरिक टर्मिनल भवनको शिलान्यस गर्दै मन्त्री आलेले सरकारले आगामी आर्थिक वर्षका लागि छुट्याएको बजेटप्रति आपत्ति जनाउँदै ‘विमानस्थल बन्छ’ भनेर अव्यवहारिक कुरा नगर्न मन्त्रीहरूलाई चेतावनी दिएका हुन् ।

मन्त्री ओलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको लागि २६ करोड बजेट छुट्याएर बिमानस्थल नबन्ने बताए । अर्थमन्त्री जनार्दन शर्मा र खानेपानी मन्त्री उमाकान्त चौधरीप्रति लक्षित गर्दै उनले भने ‘केही मन्त्रीहरूले निजगढ विमानस्थल बनाउँछौँ भनिरहेकन छन् । तर, बजेटमा भने २६ करोड रुपैयाँ मात्रै छुट्याएर त्यो निर्माण सम्भव छ ?’

विमानस्थल निर्माणका लागि १ खर्ब २० अर्बको अनुमान गरिए पनि अर्थमन्त्रीले २६ करोको भन्दै दाँत फुकालेर विमानस्थलको निर्माण गर्न नसकिने जिकिर गरे ।

अर्थमन्त्री जनार्दन शर्माले सर्वोच्चले निजगढ विमानस्थलको विषयमा लिखित फैसला आइनसकेको भन्दै बिमानस्थलको लागि सरकारले बजेट छुट्याएको र विमानस्थल निर्माण हुने ठाकुवा गर्दै आएका छन् ।

अर्का खानेपानी मन्त्री उमाकान्त चौधरीले पनि निजगढ बिमानस्थल तत्काल निर्माणको माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजबादी) का अध्यक्ष माधवकुमार नेपाललाई ज्ञापन पत्र बुझाउँर्दै आएका छन् ।

‘न्यायपालिकालाई कार्यपालिकामाथि हस्तक्षेप गर्ने अधिकार कसले दियो भन्ने प्रश्न गर्दै मन्त्री आलेले भने ‘विमानस्थल निर्माणमा ३ खर्ब र फास्टट्रयाकका लागि २ खर्ब खर्च लाग्ने योजना भइसकेको भन्दै न्यायपालिकाले मधेसलाई राजधानीसँग जोड्न नचाहने र मधेसमाथि विभिन्न ठाउँबाट हस्तक्षेप हुने गरेको छ । ’

उनले ‘दाँत फुकालेर एयरपोर्ट बन्छ ?’ भन्दै प्रश्न गरे । उनले बजेट कम दिइएको गुनासो गर्दै भने, ‘बजेट दिने बेलामा २६ करोड रुपैयाँ दिने, एक खर्ब २० अर्बको लागत अनुमान छ । २६ करोड रुपैयाँमा बन्छ ?’

मधेसी जनता जहिल्यै रैती हुनुपर्ने अवस्था आफूले देखेको भन्दै उनले मधेसलाई राजधानीसँग जोड्न नचाहनेहरु मधेसमाथि विभिन्न ठाउँबाट हस्तक्षेपमा उत्रिएको बताए ।

 

प्रतिक्रिया