

कटुवा पेस्तोल सहित दुई जना पक्राउ

रौतहट – ईशनाथ नगरपालिका-४ महुलिया बस्ने ३० वर्षीय रामबावु सिंह र भारत विहार ग्राम पर्सा बस्ने ४० वर्षीय कृष्ण साहलाई कटुवा पेस्तोल सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुबीच लेन देनको विषयमा वादबिबाद भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मठियाबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त पेस्तोल सहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

