वीरगञ्जमा २२ किलो सुन बरामद, अपार्टमेन्ट भारतीय नागरिकको


काठमाडौं– पर्साको वीरगञ्ज महानगरपालिकामा रहेको एउटा अपार्टमेन्टबाट २२ किलो सुन बरामद गरिएको छ ।

उच्च प्रहरी स्रोतका अनुसार भारतीय नागरिक अशोककुमार सिंहाको अपार्टमेन्टबाट सुन बरामद भएको हो ।

वीरगञ्ज–६ स्थित रेशमकोठीस्थित गणेश अपार्टमेन्टबाट सुन बरामद गरेको हो ।

२२ किलो ५६७ ग्राम सुन निलो प्लास्टिकमा पोको पारेर राखेको अवस्थामा प्रहरी छापा मारेको थियो ।

प्रतिक्रिया