सार्वजनिक यातायातमा आजदेखि पुरानै भाडादर लागू


काठमाडौं । सार्वजनिक यातायातमा आजदेखि पुरानै भाडादर कायम भएको छ ।

यसअघि सरकारले सार्वजनिक यातायातमा भाडादरमा पचास प्रतिशत थप लिन स्वीकृति दिएको थियो ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले यसअघि सवारीसाधनमा सिट क्षमताको पचास प्रतिशतमात्रै यात्रु राख्न पाउने जनाएपछि यातायात व्यवसायीको मागलाई ध्यानमा राख्दै पचास प्रतिशत सम्म थप भाडा लिनका लागि स्वीकृति दिएको थियो ।

प्रतिक्रिया