स्रोत नखुलेको १७ लाख नेपाली र १२ लाख भारतीय रूपैयाँसहित हुण्डी कारोबार गर्ने एक जना पक्राउ


काठमाडौं – हुण्डीको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१३ कालिमाटी बस्ने बारा पचरौता नगरपालिका – ७ घर भएका ५४ वर्षीय जय कमल साह कलवारलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको टंकेश्वर कालीमाटी एरियाबाट गैरकानुनी रुपमा हुण्डीको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले कलवारलाई स्रोत नखुलेको १७ लाख ६६ हजार ३ सय नेपाली रूपैयाँ र १२ लाख ८ हजार ७ सय भारतीय रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान एवं कारवाहीको लागि राजश्व अनुसन्धान बिभाग हरिहर भवन ललितपुर पठाइएको छ ।

 

 

प्रतिक्रिया