

सांसद त्यागेर प्रमुख खोज्दा ३ विजयी, ६ पराजित
सांसद छोडेर मेयर लड्दा एमालेका ४, कांग्रेस र जसपाका १–१ जना पराजित

काठमाडौं – प्रदेस सांसद पदबाट राजिनामा दिएर स्थानीय सरकारको नेतृत्व गर्न चाहने ९ जनामध्ये तीन जना मात्र विजयी भएका छन् भने ६ जना पराजित भएका छन् ।
नेकपा एमालेको प्रदेश नम्वर १ को प्रदेश सांसदबाट राजिनामा दिएका गोपालचन्द्र बुढाथोकी झापाको मेचीनगर नगरपाालिकामा र एमालेकै मधेश प्रदेशको सांसद पद त्याग गरेका प्रधुमन चौहान पर्साको पोखरिया नगरपालिकाको प्रमुखमा विजयी भएका छन् ।
माओबादी केन्द्रबाट लुम्बिनी प्रदेश सांसद पद त्याग गरेर बर्दियाको राजापुर नगरपालिकाको मेयर भएका दिपेश थारु नगरप्रमुखमा विजयी भए ।
प्रदेश नम्वर १ का प्रदेश सांसदबाट राजिनामा दिएका गोपालचन्द्र बुढाथोकीले १९ हजार पाँच सय २७ मत ल्याएर नगरप्रमुखमा विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली काग्रेसका इन्द्रबहादुर बुढाथोकीले १६ हजार एक सय ६८ मतमा चित्त बुझाउनु पर्यो ।
पोखरियाको नगरप्रमुखमा विजयी प्रधुमन चौहानले पाँच हजार पाँच सय ५४ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका दिपनारायण रौनियारले तीन हजार एक सय २१ मत ल्याएका छन् ।
राजापुर नगरप्रमुखमा विजयी भएका दिपेश थारुले नौं हजार आठ सय सात मत ल्याएर विजयी हुँदा कांग्रेसका दिपकजंग शाहले नौं हजार साता सय ६० मत ल्याएका थिए ।
सांसद छोडेर मेयर लड्दा एमालेका ४, कांग्रेस र जसपाका १–१ जना पराजित
काठमाडौं महानगरको प्रमुखमा नेकपा एमालेबाट तर्फबाट उम्मेदवारी दिएका केशव स्थापित स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहसँग प्रतिष्पर्धी पनि भएनन् । उनी तेश्रो भए । बागमती प्रदेशको मन्त्री समेत भएका स्थापितले करिव ३७ हजार मत ल्याउँदा शाहले ६१ हजार सात सय ६७ मत पाएका थिए ।
यस्तै, भरतपुर महानगरपालिकामा एमालेबाटै प्रमुखमा उम्मेदवार भएका विजय सुवेदी पनि नेकपा माओबादी केन्द्रकी रेणु दाहालसँग पराजित भए । दाहालले ५२ हजार २८ मत ल्याउँदा बागमती प्रदेशका पूर्वसााजिक विकास मन्त्री समेत भएका सुवेदीले ३९ हजार पाँच सय ८२ मतमा चित्त बुझाउनु पर्यो ।
गण्डकी प्रदेसको सांसद पदबाट राजिनामा दिएर पोखरा महानगरपालिकाको प्रमुखमा एमालेको तर्फबाट उम्मेदवार भएका कृष्णबहादुर थापा नेकपा एसका उम्मेदवार धनराज आचार्यसँग पराजित भए । आचार्यले करिव ५८ हजार मत ल्याउँदा थापाले करिव ५३ हजार मत ल्याएर पराजित भएका थिए ।
एक नम्वर प्रदेश सांसदबाट राजिनामा दिएर नेकपा एमालेबाट इलामको सूर्योदय नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका काजीमान कागते नेकपा एसका रनबहादुर राईसँग पराजित भए । कागतेले १० हजार पाँच सय ७९ मत ल्याएर पराजित हँदा नेकपा एसका रनबहादुर राई १२ हजार चार सय ३१ मत ल्याई विजयी भए ।
मधेश प्रदेश सांसदबाट राजिनामा दिएर रौतहटको गढीमाई नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका जसपाका शेख अबुल कलाम (फूलबाबु) पनि पराजित भए । उनलाई कांग्रेसका श्यामप्रसाद यादवले पराजित गरेका हुन् । कलामले आठ हजार ७३ मत ल्याउँदा कांग्रेसका यादवले आठ हजार छ सय ३१ मत ल्याएर विजयी भए ।
मधेश प्रदेशका सांसद पदबाट राजिनामा दिएका कांग्रेसका उपेन्द्रप्रसाद कुसवाह सर्लाहीको गोडैता नगरपालिका प्रमुखमा चार हजार सात सय ५२ मत ल्याए पनि लोकतान्त्रिक समाजबादी पार्टीका उम्मेदवार देवेन्द्रकुमार यादवसँग पराजित भए । यादवले पाँच हजार दुई सय ९४ मत ल्याएर विजयी भएका थिए ।
प्रदेश सांसद पदबाट एमालेका ६ जना, कांग्रेस, माओबादी र जसपाका १–१ जनाले राजिनामा दिएकोमा एमालेका २ उम्मेदवार मेचीनगर र पोखिरिया नगरपालिकामा विजयी भए भने माओबादीका एक उम्मेदवार राजापुर नगरपालिकामा विजयी भए ।
प्रदेश सांसद परित्याग गरी नगर प्रमु्खमा उम्मेदवारी दिएर एमालेका तीन उम्मेदवार महानगरमा र एक उम्मेदवार नगरमा पराजित भए भने कांग्रेस र जसपाका एक–एक उम्मेदवार गोडौता र गढीमाई नगरपालिकामा पराजित भएका हुन् ।

