चितवनबाट कटुवा पेस्तोल सहित एक जना पक्राउ


चितवन – भरतपुर महानगरपालिका-५ श्रृष्टि चोकबाट १ थान कटुवा पेस्तोल सहित सोही महानगरपालिका-६ बस्ने ४० वर्षीय दिपक पुनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ना।४५ प २७१ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार पुनलाई उक्त पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया