प्रतिनिधिसभा बैठक : विनियोजन विधेयकमाथि छलफल हुने


काठमाडौं- प्रतिनिधिसभाको बैठक आज बस्दै छ। ११औँ अधिवेशनको १६औँ बैठक बस्न लागेको हो। नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान ११ बजे बैठक सुरु हुने संसद् सचिवालयले जनाएको छ।

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन्।

यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

विनियोजन विधेयकमाथिको छलफल सुरु गर्ने सम्भावित कार्यसूची छ। विनियोजन विधेयक, २०७९ अन्तर्गत केही मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल हुने संसद् सचिवालयले जनाएको छ।

प्रतिक्रिया