आजको मौसम : प्रदेश १, मधेश, बागमती र गण्डकीमा वर्षा


काठमाडौं- देशका केही स्थानमा आज वर्षा हुने सम्भावना छ। नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव छ। पश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले प्रदेश नम्बर–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी भूभागहरूमा आंशिक बदली छ। प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश–१, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश–१, वाग्मती र गण्डकीका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति प्रदेश–१, मधेस, वाग्मती र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश–१, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका पहाडी भूभागका एक/दुई स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया