देउवा क्याबिनेटमा दुई गैरसांसद, दुवै नेकपा एकीकृत समाजवादीका


काठमाडाैँ- प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रीपरिषद्मा दुईजना गैरसांसद भएका छन्। ती दुवै गैरसांसद नेकपा एकीकृत समाजवादी पार्टीका छन्।

एक महिना अगाडि गैरसांसद रहेका कानुनविद् गोविन्द बन्दीलाई कानुन मन्त्री बनाएका देउवाले आइतबार फेरि समाजवादीकै अर्का शेरबहादुर कुँवरलाई पनि मन्त्री बनाएका छन्।

कुँवर पनि सांसद छैनन्। पार्टी अध्यक्ष माधवकुमार नेपालले रामकुमारी झाँक्री, प्रेम आले, विरोध खतिवडा र कृष्ण श्रेष्ठलाई फिर्ता बोलाई उनीहरुको स्थानमा नयाँ क्रमशः मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, भवानीप्रसाद खापुङ र कुँवरलाई पठाएका छन्। उनीहरुको नाम प्रधानमन्त्री देउवा समक्ष पेश गरिसकेका छन्।

नेपालको संविधानले सांसद नभएको व्यक्ति ६ महिनाभन्दा बढी समय मन्त्री बन्न नपाउने व्यवस्था गरेको छ।
प्रधानमन्त्री देउवाले ६ महिनापछि मंसिरमा प्रदेश र संघीय निर्वाचन गर्नेगरी गैरसांसदलाई मन्त्री बनाएको समाजवादीका नेताहरु बताउँछन्।

प्रतिक्रिया