

बाँकेमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

बाँके – बाँकेमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । मोटरसाइकल चालक खजुरा गाउँपालिका–५ बस्ने ३३ वर्षीय सुमन शर्माको मृत्यु भएको हो ।
कोहलपुर नगरपालिका–१५ अक्कल घरुवास्थित भित्री सडकमा रोकी राखेको भे १ त ८९७६ नम्बरको ट्याक्टरमा भे ४ प १०३३ नम्बरको मोटरसाइकल ठोक्किएर बिहीबार राति शर्मा गम्भीर घाइते भएका थिए ।
उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र दुर्घटनाका अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

