

२ थान भरूवा बन्दुक सहित दुई जना पक्राउ

प्युठान – ऐरावती गाउँपालिका-१ अमिली बस्ने ४१ वर्षीय निम बहादुर घर्ती र ५० वर्षीय दिल बहादुर सारुलाई २ थान भरूवा बन्दुक सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
विषेश सूचनाको आधारमा प्रहरी चौकी दाङवाङ र ईलाका प्रहरी कार्यालय बिजुवारबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा १र१ थान भरुवा बन्दुक आ-आफ्नो गोठमा लुकाई राखेको अवस्थामा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

