युएस–नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन


काठमाडौं – युएस–नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन नेपालको बिद्यालय शिक्षामा सुधार ः स्थानीय र विश्वव्यापी दृष्टिकोण’ विषयमा केन्द्रित छलफलका साथ सम्पन्न भएको छ ।

संयुक्त राज्य अमेरिकामा आयोजना भएको सो कार्यक्रममा शिक्षाविद डा.बिद्यानाथ कोइराला, डा.पार्बती ढुङाना र डा. कटक मल्लले नेपलको विद्यालय सुधारका विषयमा कार्यपत्र पेश गरेका थिए ।

कार्यक्रममा गण्डकी प्रदेशका शिक्षा मन्त्री मेखलाल श्रेष्ठले संघीय नेपालको संरचनामा के कसरी काम गर्न सकिन्छ भनेर प्रदेश सरकारले अध्ययन गरिरहेको बताएका थिए ।

रिसर्च सेन्टरका अध्यक्ष डा.राजन पन्तको सभापतित्वमा भएको कार्यक्रममा संस्थाको कामका बारेमा डा. देशराज संयोक, र हिजोको अनुभव र भोलीको बाटोको बारेमा संस्थापक अध्यक्ष डा. आमोद पोख्रेलले प्रकास पारेका थिए ।

जगदम्वा अधिकारी र तरुण पौडेलले संचालन गरेको सो कार्यक्रममा बिज्ञहरुको प्रस्तुतिपछि प्रश्न उत्तर र छलफल शैलीमा कार्यक्रम सम्पन्न भएको थियो । संस्थाको संरचना, नयाँ नेतृत्व, भावी कार्यक्रमहरुका बारेमा छ महिना भित्र शृखलावद्ध छलफल चलाइने भएको छ ।

युएस –नेपाल पोलिसी रिसर्च सेन्टर अमेरिकामा सात वर्षदेखि नेपाल र नेपालीसँग सम्वन्धित विषयमा केन्द्रीत भएर ति विषयहरुमा नीति र अनुसन्धान क्षेत्रमा कार्य गर्दै आएको वरिष्ठ पत्रकार तरुण पौडेलले बताए ।

प्रतिक्रिया