न्यूजिल्याण्ड पठाईदिन्छु भनी ३० लाख ठगी गर्ने एक जना पक्राउ


काठमाडौं – प्रहरीले न्यूजिल्याण्ड पठाईदिन्छु भनी ३० लाख रूपैयाँ ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । काठमाडौं नागार्जुन नगरपालिका-९ स्यूचाटार बस्ने ४५ वर्षीय विकास भट्टराई खत्रीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

वर्किङ भिषामा न्यूजिल्याण्ड जान प्रतिब्यक्ति १५ लाख रुपैयाँ लाग्छ, न्यूजिल्याण्ड पुगेपछि कृषि फर्ममा काम लगाइदिन्छु, कम्तिमा मासिक २ लाख ५० हजार रूपैयाँ तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी २ जना पीडितबाट ३० लाख रुपैयाँ लिई ठगी कार्यमा संलग्न खत्रीलाई काठमाडौं उपत्यका अपराध अनसुन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं स्यूचाटारबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।

 

प्रतिक्रिया