
चलचित्र ‘प्रकाश’को टिजर सार्वजनिक
काठमाडाैं – नेपाली चलचित्र ‘प्रकाश’को टिजर सार्वजनिक गरिएको छ । मंगलबार युट्युबमार्फत टिजर सार्वजनिक गरिएको हो ।
कर्णाली लुक्समा अभिनेता प्रदीप खड्का र अभिनेत्री दीया मास्केलाई सशक्त भूमिकामा देखिएका छन् । दिनेश राउतको निर्देशन रहेकाे चलचित्रले एक युवाले शिक्षक बन्न गर्ने संघर्षको कथा प्रस्तुत गरेको छ ।
विकास सुवेदीको लेखन रहेको चलचित्रको टिजरले जनयुद्धमा सहभागी बेपत्ता योद्धाको परिवारको कथा देखाइएको छ । जहाँ प्रदीप र दीया आमा र छोराको भूमिकामा प्रस्तुत भएका छन् । चलचित्र आगामी भाद्र १० गतेबाट प्रदर्शनमा आउने छ ।
चलचित्र जुम्लामा छायाँकन गरिएकाे थियाे । चलचित्रमा प्रदीप र दीयासँगै रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।
बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको सिनेमामा राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुसाल, दीपक शर्मा, ताराप्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पार्श्र्व संगीत रहेको छ । महेन्द्र अधिकारीको लगानी रहेको चलचित्र आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।
https://youtu.be/BJi9yLzj138



कागजपत्र |
