किसान हित कोषको स्थापना गरिने


काठमाडौं – सरकारले आगामी आर्थिक वर्षमा सरकारले किसान हित कोषको स्थापना गर्ने भएको छ ।

आज संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्य जारी गर्दै अर्थमन्त्री जनार्दन शर्माले किसानहरुको हित संरक्षणका लागि उक्त कोष स्थापाना गरिएको जानकारी गराएका हुन् ।

उक्त कोषमा सुरुमा १ अर्ब रुपैयाँ राखिने समेत उनले बताए । त्यसैगरी प्रधानमन्त्री कृषि आधुनिकीकरण कोषका लागि ५ अर्ब १० करोड छुट्टयाइएको समेत बताए ।

प्रतिक्रिया