वृद्ध भत्ता घर घरमै पुर्‍याउने पुतलीबजारका प्रमुख रेग्मीकाे निर्णय


काठमाडौं – स्याङ्जाको पुतलीबजार नगरपालिकाले वृद्ध भत्ता घर घरमै पुर्‍याउने भएको छ ।

आज पुतलीबजार कार्यपालिकाको बैठकले पुतलीबजार नगरपालिकाका मेयर तुलसीराम रेग्मीको अध्यक्षतामा बसेको बैठकले आज १४ वटै वडाका वडा अध्यक्ष, नगर पालिका कर्मचारी, सदरमुकामका विभिन्न बित्तीय सस्था प्रमुख तथा प्रतिनिधिहरु एवं सरोकारवाला निकाय बिचको छलफलबाट यस्तो निर्णय गरेको हो ।

सामाजिक सुरक्षा भत्ता लिन वृद्ध आमाबुबाहरु पालिकाको गाउँ गाउँ बाट सदरमुकाम सम्म आएर घन्टौ लाइन बसेर बैंकबाट भत्ता लिदा जेष्ठ नागरिकहरुलाई झन्झट र सास्ती भएको भन्दै उक्त कार्य अब नजिकको बित्तीय सस्था, वडा टोल एवं इकाई बाट घरमै पुग्ने गरि काम गर्न गृहकार्य अगाडि बढाएको हो ।

चुनावमा जनता माझ गरिएको प्रतिबद्धताहरु पूरा गर्ने क्रम अन्तर्गत आज यो निर्णय गरिएको पुतलीबजारका मेयर तुलसीराम रेग्मीले बताए ।

प्रतिक्रिया