

बलात्कार आरोपी पाण्डेलाई जिल्ला अदालत लगियो

काठमाडौं – बलात्कारको आरोप लागेका सुन्दरी प्रतियोगिता आयोजक तथा कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेलाई जिल्ला अदालत काठमाडौँ लगिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय हुँदै उनलाई केही बेरअघि थुनामा राखेर अनुसन्धानको अनुमति लिन अदालत लगिएको हो ।
पाण्डेविरुद्ध मानव बेचबिखन र यौन दुर्व्यवहार कसुरमा अनुसन्धान गर्ने प्रहरीकाेतयारी छ ।
एक युवतीले ८ वर्षअघि पाण्डेले बेहोस बनाएर बलात्कार गरेको आरोप लगाएपछि उनलाई प्रहरीले शनिबार पक्राउ गरेको थियो ।
आइतबार एक किशोरीले पनि पाण्डेविरुद्ध यौन दुर्व्यवहारको आरोप लगाउँदै जाहेरी दिएकी छिन् ।

