इटहरी उपमहानगरपालिकाको मेयरमा कांग्रेसका पाैडेल निर्वाचित


काठमाडौं- इटहरी उपमहानगरपालिकामा नेपाली कांग्रेस निर्वाचित भएको छ । कांग्रेसका तर्फबाट मेयरका उमेदवार हेमकर्ण पौडेलले पौडेलले ३३ हजार ४९ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

प्रमुख प्रतिपक्षी एमालेका यामकुमार चुङ्गावाङले २८ हजार ३१ मत पाए । तेस्रो भएका राप्रपाका आकाश हाङ्ग लिम्बूले ३ हजार ९०८ मत पाए ।

उपमेयरमा भने एमालेकी संगीताकुमारी चौधरी निर्वाचित भएकी छन् । उनले नेकपा एकीकृत समाजवादीका केशवकुमार विष्टलाई पराजित गर्दै विजयी भएकी हुन् ।

चौधरीले ३२ हजार ४३६ मत ल्याइन् भने विष्टले १८ हजार ३१ मत पाए । तेस्रो भएकी राप्रपाकी वविताकुमारी चौधरीले ४ हजार ७१९ मत ल्याइन् ।

प्रतिक्रिया